नियम २७
सूचना दिनु पर्ने
(१) नियम ३ को उपनियम (६) बमोजिम कसूरको सूचना प्राप्त भएपछि प्राड विवाकको कार्यालयले सो कसूरको अनुसन्धान तथा तहकिकातको लागि रक्षा मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सो कुराको जानकारी प्रधान सेनापतिलाई दिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरको अनुसन्धान र तहकिकातको लागि रक्षा मन्त्रालयमा लेखी आएपछि रक्षा मन्त्रालयले सो कुरा समितिमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएपछि समितिले आवश्यक देखेको ठाउँमा मुकाम खडा गरी अनुसन्धान तथा तहकिकातको कार्य प्रारम्भ गर्नेछ ।